News Summary
Generated by OK AI. Editorially reviewed.- रियल मड्रिडले ला लिगामा लेभान्टेलाई २-० ले पराजित गरेको छ।
- रियलको जितमा केलिएन एमबाप्पे र राउल असेन्सियोले गोल गरे ।
- २० खेलबाट ४८ अंक जोडेको रियल शीर्ष स्थानको बार्सिलोना भन्दा एक अंकले पछि छ ।
३ माघ, काठमाडौं । केलिएन एमबाप्पे र राउल असेन्सियोले दोस्रो हाफमा गरेको गोल मद्तमा रियल मड्रिडले स्पानिस ला लिगामा शनिबार लेभान्ंटेलाई २-० ले पराजित गरेको छ ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियललाई पहिलो हाफमा भ्रमणकारी टोलीले लेभान्टेले गोलरहित बराबरीमा रोकेको थियो ।
तर दोस्रो हाफमा रियलले पेनाल्टी पाएपछि खेलले अर्को मोड लिएको थियो । एमबाप्पेले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाए । राउल असेन्सियोले ६५औं मिनेटमा रियलका लागि दोस्रो गोल गरे ।
जितपछि रियल मड्रिडले २० खेलबा६ ४८ अंक जोड्दै शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी १ मा झारेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ४९ अंक छ ।
प्रतिक्रिया 4