News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्योकुसिन कराते डो संघ वज्रले २४औं राष्ट्रिय पुरुष खुला र १८औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता आयोजना गर्ने भएको छ।
- प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी र एपीएफबाट करिब १ सय खेलाडी सहभागी हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले जनाएका छन्।
- दुईदिनसम्म चल्ने खेलहरू राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने र शीर्ष चार स्थानमा नगद पुरस्कार दिइने छ।
३ माघ, काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा २४औं राष्ट्रिय पुरुष खुला तथा १८औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता तथा वज्र फाइट आइतबारदेखि हुने भएको छ ।
पुरुषमा खुला तौलसमूह तथा महिलामा ६० केजीमुनि र ६० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले जनाएका छन् । हरेक स्पर्धामा शीर्ष चार स्थानमा रहने क्रमशः १० हजार, ५ हजार, २ हजार ५ सय र १ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
वज्र फाइटमा ५ तौलसमूहमा भिडन्त हुनेछ । पुरुषमा ३ र महिलामा २ स्पर्धामा खेल हुनेछ । पाँचै स्पर्धामा नगद पुरस्कार रहेको छ ।
प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी र एपीएफबाट करिब १ सय खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।
दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।
प्रतिक्रिया 4