News Summary
Generated by OK AI. Editorially reviewed.- सङ्खुवासभामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसबाहेकका प्रमुख दलले उम्मेदवार टुङ्गाएका छन्।
- नेकपा एमालेबाट डा.अर्जुन कार्की, नेपाली कम्युनिस्ट पार्टीबाट सरिता थापा खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिङ्मा शेर्पा उम्मेदवार घोषित भएका छन्।
- जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता र एक सय ९ मतदान स्थल रहेका छन् भने कांग्रेस र नेकपाले अझै उम्मेदवार सार्वजनिक गरेका छैनन्।
५ माघ, संखुवासभा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभामा कांग्रेसबाहेकका प्रमुख राजनीतिक दलले उम्मेदवार टुङ्गाएका छन् ।
जिल्लामा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित दलले धमाधम उम्मेदवारको टुङ्गो लगाएका छन् ।
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी सहितका दलका सबै नयाँ अनुहारका उम्मेदवार देखिएका छन् ।
एक मात्र क्षेत्र रहेको सङ्खुवासभामा नेकपा एमालेबाट प्रतिनिधिसभा डा.अर्जुन कार्कीलाई उम्मेवार टुङ्गो लगाएको छ ।
नेपाली कम्युनिस्ट पार्टीबाट सरिता थापा खड्काको नाम टुङ्गो लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिङ्मा शेर्पा, नेकपा माओवादी (विप्लव)बाट पुष्पबहादुर कोइराला, श्रम संस्कृति पार्टीबाट उमादेवी राई तथा राष्ट्रिय परिवर्तन पार्टीबाट घनश्याम राई रहेका छन् ।
ठूलादल कांग्रेस र नेकपाले अझै उम्मेदवार सार्वजनिक नगर्दा अन्य दलहरू भने आआफ्नो तयारी तीव्र बनाउँदै मैदानमा उत्रिएका छन् ।
२२ वटा दल सक्रिय रहेको सङ्खुवासभामा यसपटकको निर्वाचन नयाँ अनुहार र वैकल्पिक राजनीतिक धारका कारण थप चासोको विषय बनेको छ ।
जिल्लामाएक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा एक सय ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4