५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जा २ मा झबिलाल डुम्रेलाई उम्मेदवार बनाउने भएको छ । डुम्रेलाई रास्वपा नेता गणेश पराजुलीले टिकट प्रदान गरे । टिकट पाइसकेपछि डुम्रेले आफूलाई विश्वास गरेकोमा पार्टीलाई धन्यवाद भनेका छन् ।
उनले भनेका छन्, ‘यो विश्वासका लागि पार्टीलाई धन्यवाद । पार्टीको विश्वासलाई नागरिकप्रतिको जिम्मेवारीमा परिणत गर्न सकुँ ।’ फागुन २१ गत प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि मंगलबार उम्मेदवार मनोनयनको कार्यतालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4