+
+
Shares

सुर्खेत-१ मा पूर्णबहादुरका भाइ विष्णुले दिए कांग्रेसबाट उम्मेदवारी

कांग्रेसको विशेष महाधिवेशनपछि उत्पन्न विवादका कारण पूर्णबहादुर खड्काले निर्वाचन नलड्ने घोषणा गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काका भाइ विष्णु खड्काले सुर्खेत–१ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
  • विशेष महाधिवेशनपछि विवादका कारण पूर्णबहादुरले निर्वाचन नलड्ने घोषणा गरेपछि विष्णुले कांग्रेसको टिकट पाएका हुन्।
  • सुर्खेत–१ मा एमालेका ध्रुव शाही, नेकपा, रास्वपा र राप्रपाका नयाँ उम्मेदवारले पनि मनोनयन दर्ता गराइसकेका छन्।

६ माघ, सुर्खेत । सुर्खेत-१ बाट नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काका भाइ विष्णु खड्काले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

मंगलबार दिउँसो गुर्भाकोटको मेहलकुनास्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर विष्णुले मनोनयन दर्ता गराएका हुन् ।

यो क्षेत्रमा कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले २०४७ सालयता निरन्तर चुनाव लड्दै आएका थिए । यसपटक कांग्रेसको विशेष महाधिवेशनपछि उत्पन्न विवादका कारण उनले निर्वाचन नलड्ने घोषणा गरेका थिए ।

विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि त्यसविरुद्ध उनकै नेतृत्वमा शेरबहादुर देउवापक्ष पहिले निर्वाचन आयोग पुगेको थियो । आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि त्यसविरुद्ध उनकै नेतृत्वमा देउवा पक्ष सर्वोच्च अदालत गएको थियो ।

अदालतमा रिट दर्ता गराएकाले आफू उम्मेदवार नबन्ने घोषणा गरेपछि उनकै भाइ विष्णुले कांग्रेसको टिकट पाएका हुन् ।

व्यवसायीसमेत रहेका विष्णु कांग्रेस सुर्खेतका जिल्ला उपसभापति हुन । विष्णुसँग यसअघि कुनै पनि संसदीय चुनाव लडेको अनुभव छैन । उनी दाइ पूर्णबहादुरको रणनीतिक योजनामा भने सधैं अग्रभागमा रहेर काम गर्दै आएका थिए ।

यो क्षेत्रमा एमालेबाट पुरानै नेता ध्रुव शाहीले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाबाट जीतबहादुर राना, रास्वपाबाट टेकबहादुर सिंह र राप्रपाबाट रविकिरण हमालले पनि मनोनयन दर्ता गराइसकेका छन् । एमालेका शाहीबाहेक अन्य सबै उम्मेदवार यो क्षेत्रका नयाँ अनुहार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?