+

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. कृष्णप्रसाद पौडेल

२०८२ माघ  ७ गते १७:०४ २०८२ माघ ७ गते १७:०४

डा. पौडेल स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत छन् ।

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. कृष्णप्रसाद पौडेल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ।

७ माघ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्णप्रसाद पौडेललाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले बोर्ड नेतृत्वविहीन भएपछि डा. पौडेललाई जिम्मेवारी दिएकी हुन् ।

बोर्डका कार्यकारी निर्देशक रहेका डा. रघुराज काफ्लेले ४ माघमा पदबाट राजिनामा दिएका थिए । डा. काफ्लेले राजीनामा दिएसँगै बोर्ड नेतृत्वविहीन अवस्थामा थियो।

स्वास्थ्य बीमा ऐन ०७४ बमोजिम कार्यकारी निर्देशक नियुक्ति नभएसम्मका लागि कार्यकारी निर्देशकको रुपमा काम गर्ने मन्त्रालय वा अन्तर्गत बहाल रहेको नेपाल स्वास्थ्य सेवाको कम्तीमा ११औं तहको कर्मचारी खटाउन सक्नेछ । यही प्रावधानलाई टेकेर मन्त्रालयले पौडेललाई जिम्मेवारी दिएको हो ।

बीमा बोर्डका कामहरू सुचारु राख्न डा. पौडेललाई आर्थिक, प्रशासनिक सहितको जिम्मेवारी प्रदान गरिएको छ ।

डा. पौडेल स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत छन् ।

‘मन्त्रालयले बीमा बोर्डको पनि जिम्मेवारी दिएको छ । बीमामा भएको समस्यालाई बुझेको छु । समधान गर्ने प्रयास गर्छु’ डा. पौडेलले अनलाइनखबरसँग भने ।

बीमा बोर्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय