+

साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालको दोस्रो जित

२०८२ माघ  ७ गते १७:४७ २०८२ माघ ७ गते १७:४७
साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालको दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले थाइल्याण्डमा भइरहेको साफ महिला फुटसल च्याम्पियनसिपमा पाकिस्तानलाई ५-१ ले पराजित गरेको छ।
  • नेपालले ५ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ।
  • नेपालले अन्तिम खेल आइतबार भुटानसँग खेल्नेछ, भुटान ३ खेलबाट ५ अंक जोडेर पाँचौं स्थानमा छ।

७ माघ, काठमाडौं । थाइल्याण्डमा भइरहेको साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले बुधबार पाकिस्तानलाई ५-१ ले पराजित गरेको छ । बैंककस्थित नोन्थाबुरी स्टेडियममा भएको खेलमा नेपालले पाकिस्तान विरुद्ध सुरुवात देखि नै दबाब बनाउँदै जित हात पारेको हो ।

पहिलो हाफमा नेपालले ३-० को अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले २ गोल थप्दा पाकिस्तानले एक गोल फर्कायो । च्याम्पियनसिपमा दोस्रो जितपछि ५ खेलबाट ७ अंक जोडेको नेपाल तेस्रो स्थानमा उक्लेको छ ।

नेपालले यसअघि माल्दिभ्सलाई मात्र पराजित गर्दा श्रीलंकासँग बराबरी खेलेको थियो भने बंगलादेश र भारतसँग पराजित भएको थियो ।

नेपालले अब अन्तिम खेल आउने आइतबार भुटानसँग खेल्नेछ । भुटान ३ खेल खेल्दा अपराजित रहँदै ५ अंक जोडेर पाँचौ स्थानमा छ । भुटानले आजै माल्दिभ्ससँग खेल्दैछ ।

अर्को अपराजित टोली बंगलादेश ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेशले ३ खेल जित्दा १ खेल बराबरी खेलेको थियो ।

दक्षिण एसियाका सात वटै राष्ट्र सहभागी साफ महिला फुटसल च्याम्पियनसिप सिंगल राउण्ड रोविन लिगका आधारमा भइरहेको छ र लिग चरणका खेलपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

साफ फुटसल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय