+
+
Shares

आउने सातादेखि ‘हल्का रमाइलो’ र ‘जुठे’ प्रसारण नियमित हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १४:४२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक बल्छी धुर्बेको टिभी श्रृंखला 'जुठे' आगामी सातादेखि नियमित प्रसारण हुने भएको छ।
  • ओएसआर डिजिटलले सिरियलको १३५ औं भाग आउन नसकेकोमा माफी माग्दै नियमित प्रसारण हुने जानकारी गराएको छ।
  • बल्छी धुर्बेले 'गोबर गणेश'मा ब्यस्तताका कारण नयाँ एपिसोड आउन नसकेको र अर्को सातादेखि 'जुठे' र 'हल्का रमाइलो' आउने बताउनुभयो।

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ यतिबेला आफ्नो डेब्यू निर्देशकीय र अभिनित कथानक फिल्म ‘गोबर गणेश’ को प्रचारप्रसारमा ब्यस्त छन् । यो फिल्मले घरेलु बक्सअफिसमा सुखद ब्यापार गरिरहेको छ ।

यसबीचमा उनको निर्देशन र लेखन रहेको टिभी श्रृंखला ‘जुठे’ दर्शकमाझ आउन सकिरहेको थिएन ।

अब भने, दर्शकले बल्छी धुर्बेको निर्देशन र अभिनय रहेको उक्त श्रृंखलालाई आउने सातादेखि नियमितरुपमा हेर्न पाउने भएका छन् । यो सिरियलको स्ट्रिमिङ अधिकार लिएको कम्पनी ओएसआर डिजिटलले सूचना जारी गर्दै आउने सातादेखि नियमित प्रसारण हुने जनाएको छ ।

सिरियलको १३५ औं भाग विशेष कारणवश आउन नकसेकोमा माफी माग्दै ओएसआरले दर्शकसामु अबदेखि भने नियमित हुने प्रष्टीकरण दिएको हो ।

‘आगामी हप्तादेखि सँधैझैं निर्धारित समयमै नियमित रुपमा प्रसारण हुने जानकारी गराउँछौ । यहाँहरूको निरन्तर माया, विश्वास र साथप्रति हार्दिक धन्यवाद’ ओएसआरले सूचनामा उल्लेख गरेको छ ।

निर्देशक तथा कलाकार बल्छी धुर्बेले आफूहरू ‘गोबर गणेश’मा ब्यस्त भएकाले छायांकन थलोमा जान नसकेकाले नयाँ एपिसोड आउन नसकेको बताए । अर्को सातादेखि जुठे र हल्का रमाइलो दुवै सिरियल आउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?