+

राष्ट्रिय लिगमा सातदोबाटोको पहिलो जित, मनाङको तेस्रो हार

२०८२ माघ  ९ गते १६:२९ २०८२ माघ ९ गते १६:२९
राष्ट्रिय लिगमा सातदोबाटोको पहिलो जित, मनाङको तेस्रो हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सातदोबाटो युथ क्लबले राष्ट्रिय लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गरेको छ।
  • सातदोबाटोका विदेशी खेलाडी फोडे फोफानाले ६१औं मिनेटमा निर्णायक गोल गरे।
  • मनाङ मर्स्याङ्दीले लगातार तेस्रो हार व्यहोरेको छ र प्रशिक्षक नवीन महर्जनले टिम फर्मेसनमा संघर्ष भइरहेको बताए।

९ माघ, काठमाडौं । सातदोबाटो युथ क्लबले राष्ट्रिय लिग फुटबलमा शुक्रबार मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गरेको छ ।

जारी राष्ट्रिय लिगमा सातदोबाटोको यो पहिलो जित हो । यसअघि संकटा सँग बराबरी खेलेको सातदोबाटो एनआरटीसँग पराजित भएको थियो ।

दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोका लागि विदेशी खेलाडी फोडे फोफानाले ६१औं मिनेटमा निर्णायक गोल गरे ।

पहिलो जितपछि सातदोबाटोका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले नतिजाबाट सन्तुष्ट रहेको बताए । ‘अघिल्लो दुई खेलमा नतिजा आएको थिएन । आजको जितबाट खुशी नै छाैं’ सातदोबाटोका प्रशिक्षक साहुखलले भने ।

मनाङ मर्स्याङ्दीको भने यो लगातार तेस्रो हार हो। पहिलो खेफमा त्रिभुवन आर्मी एफसीसँग ५-० को फराकिलो हार व्यहोरेको मनाङ दोस्रो खेलमा मछिन्द्र एफसीसँग २-१ ले पराजित भएको थियो ।

लगातार तेस्रो हारपछि मनाङका मुख्य प्रशिक्षक नवीन महर्जनले युवा टिम भएको र टिम फर्मेसनमा अझै संघर्ष गरिरहेको बताए । सातदोबाटोसँग गल्तीका कारण गोल खानुपरेको उनले बताए ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

मनाङ मर्स्याङ्दी क्लब राष्ट्रिय लिग फुटबल सातदोबाटो युथ क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय