News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते जनकपुरमा ऐतिहासिक आमसभा गर्ने निर्णय गरेको छ।
- कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत केन्द्रीय नेताहरूले सो सभालाई सम्बोधन गर्नेछन्।
- माघ १६ गते गर्ने भनिएको सभा निर्वाचन आचारसंहिताका कारण स्थगित भएको थियो।
११ माघ, काठमाडौं । नेपाली कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने भएको छ । प्रजातन्त्र दिवसको अवसरमा कांग्रेसले जनकपुरमा सभा गर्न लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
‘त्याग र समर्पणको पवित्र भूमि- शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा, नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने विशेष आमसभा प्रजातन्त्र दिवस फागुन ७ गते तय गरिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
यसअघ माघ १६ गते गर्ने भनेको कांग्रेसको सभा निर्वाचन आचारसंहिताका कारण स्थगित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4