१२ माघ, धनगढी । कैलालीमा श्रीमान्को कुटपिटबाट महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–८ घर भएर धनगढी–१३ को राजपुरमा डेरा गरी बस्ने सतिङ दाहालले घरायसी विवादमा श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेर सोमबार गम्भीर घाइते बनाएका थिए ।
घाइते दाहाललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियोे तर उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीको मृत्यु भएपछि उनका श्रीमान् सतिङलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।
उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4