+

राष्ट्रिय लिगमा नेपाल पुलिसको पहिलो जित

२०८२ माघ  १२ गते २१:१४ २०८२ माघ १२ गते २१:१४
राष्ट्रिय लिगमा नेपाल पुलिसको पहिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले राष्ट्रिय लिग फुटबलमा श्री भगवती क्लबलाई १-० ले पराजित गर्दै पहिलो जित हात पारेको छ।
  • सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा विवश चौधरीले गरेको आत्मघाती गोल पुलिसको जितमा निर्णायक सावित भयो।
  • पुलिसले चार खेलबाट ४ अंक जोडेको छ भने श्री भगवतीले पनि चार खेलमा ४ अंक मात्रै जोडेको छ।

१२ माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले श्री भगवती क्लबलाई १-० ले पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा आत्मघाती गोल मदतमा पुलिसले श्री भगवतीलाई हराउँदै ३ अंक जोडेको हो ।

श्री भगवतीका विवश चौधरीले ३७औं मिनेटमा गरेको आत्मघाती गोलमा पुलिसले अग्रता लिएको थियो । पुलिसका फरवार्ड मनिस सेढाईंले दायाँ भागबाट हानेको क्रसलाई बचाउने क्रममा विवशले आत्मघाती गोल गरेका हुन् ।

चार खेलमा पहिलो जित हात पारेको पुलिसले चार खेलबाट ४ अंक जोडेको छ । श्री भगवतीको यो दोस्रो हार हो । चार खेल खेलिसकेको श्री भगवतीको पनि ४ अंक नै छ ।

राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय