+
+
Shares

जुम्लामा ७१ हजार ६३९ मतदाता, नयाँ ३१०१ जना

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १२:५५

१३ माघ, काठमाडौं । जुम्लामा तीन हजारभन्दा बढी मतदाता थपिएका छन् । नयाँ मतदाता थपिएसँगै जुम्लाको जम्मा मतदाता संख्या ७१ हजार ६३९ जना पुगेको छ ।

आगामी निर्वाचनलाई मध्यनजर गरेर जुम्लमा मतदाताको संख्या र मतदान केन्द्रको विवरण सार्वजनिक गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाले वि.स. २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको संख्या ७१ हजार ६३९ पुगेको बताएको छ ।

जम्मा मतदातामध्ये पुरुषको संख्या ३७ हजार ४५९ र महिलाको संख्या ३४ हजार २८० रहेको छ ।

वि.स. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जुम्लामा कुल ६८ हजार ६ सय ३८ मतदाता रहेका थिए ।

पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा ३ हजार १०१ नयाँ मतदाता थपिएका हुन् । थपिनेमा पुरुष एक हजार ७५९ र महिला एक हजार ३४२ जना रहेका छन् ।

जुम्लामा ८५ वटा मतदानस्थल र ११० वटा मतदान केन्द्र रहेका छन् ।

जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदान केन्द्र चन्दननाथ नगरपालिकामा १८ वटा रहेका छन् । सबैभन्दा कम गुठीचौर गाउँपालिकामा १० वटा मतदान केन्द्र तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?