+

पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

२०८२ माघ  १५ गते १३:४८ २०८२ माघ १५ गते १३:४८
पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ यू-१९ महिला च्याम्पियनसिप फुटबल माघ १७–२४ गते पोखरामा आयोजना हुने तयारी अखिल नेपाल फुटबल संघले पूरा गरेको छ।
  • प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश सहभागी हुनेछन् र टोलीहरूको प्रशिक्षणका लागि लामाचौर गोस्ते खेलमैदानको व्यवस्था गरिएको छ।
  • टिकट मूल्य रु २०० देखि रु ५०० तोकिएको छ र सबै खेलहरू स्पोर्ट्सवर्क्जको युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण गरिनेछ।

१५ माघ, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिकाअनुसार पोखरामा हुने साफ यू-१९ महिला च्याम्पियनसिप फुटबलको तयारी पूरा भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनवरी ३१ देखि फेब्रुअरी ७ (माघ १७–२४) सम्म पोखरास्थित पोखरा रंगशालामा साफ हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश सहभागी हुनेछन्। एन्फाका अनुसार प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ र सहभागी टोलीहरू पोखरा आइपुग्ने क्रम पनि सुरु भएको छ। टोलीहरूको प्रशिक्षणका लागि लामाचौर गोस्ते खेलमैदानको व्यवस्था गरिएको छ।

नेपाली यू–१९ महिला टोली मुख्य प्रशिक्षक सुमन श्रेष्ठको नेतृत्वमा हाल बन्द प्रशिक्षणमा रहेको छ।

टिकट मूल्य साधारण पारापिटतर्फ रु २०० र भीआईपी पारापिटतर्फ रु ५०० तोकिएको छ। टिकट खल्ती डिजिटल वालेट तथा भौतिक रूपमा पनि खरिद गर्न सकिनेछ।

प्रतियोगिताका सबै खेलहरू स्पोर्ट्सवर्क्जको युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण गरिनेछ। प्रतियोगिताको अनुमानित बजेट रु २ करोड ४५ हजार २९० रुपैयाँ रहेको एन्फाले जनाएको छ।

साफ यू–१९ महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय