News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ पुरुषतर्फ छैटौं टाइगर कप च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।
- नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तेस्रो स्थानका लागि भिड्नेछन् ।
- महिलातर्फको फाइनलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको छ।
१६ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत दुबैले फाइनलमा स्थान बनाएका हुन् ।
पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाउन पुग्यो । पुनः तेस्रो सेटमा २५–२२ ले जित निकालेको गण्डकीले चौथो सेट २३–२५ ले पर्वतलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलियो ।
पाँचौं सेटमा १५–१३ को जित निकाल्दै गण्डकीले २ अंक प्राप्त गर्यो । पाँचौं सेटमा पराजित पर्वतले एक अंक पायो । गण्डकी ५ खेलबाट ११ अंक र पर्वत १० अंकसहित पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
समान १० अंक रहेको नेपाल पुलिस क्लब सेटका आधारमा पर्वतभन्दा पछि रहँदै अंक तालिकाको तेस्रो स्थानमा रह्यो । त्रिभुवन आर्मी क्लब चौथो, सशस्त्र प्रहरी बल एपीएफ पाँचौं र माल्दिभ्स भलिबल एसोसियसन छैटौं भयो ।
गण्डकी र पर्वतबिचको फाइनल खेल शनिबार दिउँसो २ बजेबाट सुरु हुनेछ । त्यसभन्दा अघि तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थानका लागि अंक तालिकाको तेस्रो स्थानमा रहेको पुलिस र चौथो स्थानमा रहेको आमी भिड्नेछ । उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।
च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली २ लाख ६ हजार ६६६ रुपैयाँ पाउनेछन् ।
यसअघि आज भएको महिलातर्फका फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड स्पोर्ट्स क्लबले उपाधि जितेको थियो ।
प्रतिक्रिया 4