News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा ग्रेड २ ह्यामस्ट्रिङ स्ट्रेनका कारण कम्तीमा ८ साता मैदानबाहिर रहने भएकी छन्।
- नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई ८ देखि १२ सातासम्म आराममा राख्न सिफारिश गरेको छ।
- इन्दु बर्माले फेब्रुअरी दोस्रो सातादेखि सुरु हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कप गुमाउने भएकी छन्।
१६ माघ, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा कम्तीमा ८ साता मैदानबाहिर रहने भएकी छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई ग्रेड २ ह्यामस्ट्रिङ स्ट्रेन भएको र ८ देखि १२ सातासम्म आराममा रहने जनाएको छ ।
महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध ब्याटिङका क्रममा इन्दु चोटग्रस्त भएकी थिइन् ।
सातौं ओभरको पाँचौं बलमा क्रिजमा ब्यालेन्स मिलाउने क्रममा चिप्लिएकी उनी त्यसपछि मैदानबाहिर लगिएकी थिइन् ।
इन्दु बर्माले फेब्रुअरी दोस्रो सातादेखि सुरु हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कप गुमाउने भएकी छन् ।
प्रतिक्रिया 4