+

राइजिङ स्टार्स एसिया कपमा नेपाली महिला टोलीको कप्तानी पूजा महतोले गर्ने

२०८२ माघ  १७ गते ८:४८ २०८२ माघ १७ गते ८:४८
राइजिङ स्टार्स एसिया कपमा नेपाली महिला टोलीको कप्तानी पूजा महतोले गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राइजिङ स्टार्स महिला एसिया कपमा नेपालको टोलीको कप्तानी पूजा महतोले गर्ने भएकी छन्।
  • नेपालको १५ सदस्यीय टोली पूजाको कप्तानीमा घोषणा भएको छ ।
  • नेपाल समूह \'ए\' मा भारत \'ए\', पाकिस्तान \'ए\' र यूएईसँग परेको छ ।

१७ माघ, काठमाडौं । यही फेब्रुअरी दोस्रो सातादेखि थाइल्यान्डमा सुरु हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा नेपालको कप्तानी पूजा महतोले गर्ने भएकी छन् ।

नियमित कप्तान इन्दु बर्मा चोटका कारण कम्तीमा ८ साताका लागि मैदानबाहिर रहने भएपछि यसअघिकी उपकप्तान पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो ।

प्रतियोगिताका लागि पूजाको कप्तानीमा नेपालको १५ सदस्यीय टोली पनि घोषणा भएको छ । पूजाले पहिलोपटक सिनियर टोलीको कप्तानी गर्न लागेकी हुन् ।

यसअघि पूजाले यू-१९ महिला टी-२० विश्वकपमा भने नेपाली यू-१९ टोलीको कप्तानी गरेकी छन् ।

नेपालको टोलीमा अनु कडायत, सीमाना केसी र रुबी पोद्दारले मौका पाएका छन् । विश्वकप छनोटको टोलीबाट रचना चौधरी, राजमती ऐरी र इन्दु बर्मा बाहिरिएका छन् ।

राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ । समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड छन् ।

फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग खेल्नेछ भने सोही दिन भारत ‘ए’ र यूएईबीच पनि प्रतिस्पर्धा हुनेछ ।

नेपाली महिला क्रिकेट टोली पूजा महतो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय