+
+
Shares

सुनसरी ४ का मतदाताको प्राथमिकता कृषि र पूर्वाधार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरीका मतदाता यसपटक कृषि, पूर्वाधार र रोजगारीलाई मुख्य मुद्दा बनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी निर्वाचन क्षेत्र नं ४ का मतदाताले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा कृषि, सडक र रोजगारीलाई मुख्य मुद्दा बनाएका छन्।
  • सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता छन्, जसमा दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रोलिङ्गी मतदाता रहेका छन्।
  • जिल्लामा चार निर्वाचन क्षेत्र र १६७ मतदानस्थलमा ६२४ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

२० माघ, धरान (सुनसरी) । सुनसरी निर्वाचन क्षेत्र नं ४ भोक्राहा नरसिंह गाउँपालिका–२ का समीर आलम भन्छन्, ‘यहाँका अधिकांश परिवार मकै, तरकारी र धानखेतीमा निर्भर छन् । तर किसानले समयमा मल, बीउ र सिँचाइ पर्याप्त नहुँदा उत्पादन प्रभावित हुन्छ । गाउँमा सडक राम्रो नहुँदा खेतमा उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्‍याउन मुस्किल छ । आगामी निर्वाचनमा कृषि, सडकका साथै रोजगार सुनिश्चित जसले गर्न सक्छ त्यस्तो उम्मेदवार यहाँ आउनुपर्छ ।’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरीका मतदाता यसपटक कृषि, पूर्वाधार र रोजगारीलाई मुख्य मुद्दा बनाएका छन् । भोक्राहा नरसिंह गाउँपालिका–३ का अर्का युवा मतदाता राजु मण्डल भन्छन्, ‘युवाले आफ्नै देशमा रोजगारी नपाउँदा दैनिक जसो विदेश जान बाध्य हुनु परेको छ । अबका उम्मेदवारले कृषि क्षेत्रका वास्तविक समस्या समाधान गर्नसक्नु पर्छ ।’

किसानका लागि सरकारले घोषणा गरेका सुविधा अधिकांश वास्तविक किसानसम्म पुग्दैन । भोक्राहा–६ का ५८ वर्षीय बिहारीराम चमारले भने, ‘पटक–पटक भोट दियौँ, तर गाउँमा भने जस्तो विकास हुन सकेन ।’

कृषि, सडक र आधारभूत सेवामा सुधार गर्नुपर्ने मुख्य प्राथमिकता छ । अबको उम्मेदवारले किसानका समस्या समाधानमा जोड दिनुपर्ने उनको भनाइ छ ।

सुनसरीमा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम छन् । जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रोलिङ्गी मतदाता कायम छन् ।

चार निर्वाचन क्षेत्र तोकिएको जिल्लाभर जम्मा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?