+
+
Shares

अन्ततः ट्रम्प र पेट्रोबीच ह्वाइट हाउसमा वार्ता 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १२:२०

२१ माघ, काठमाडौं । महिनौंदेखिको सार्वजनिक वाकयुद्ध र सैन्य मुठभेडको चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोबीच ह्वाइट हाउसमा सौहार्दपूर्ण वार्ता भएको छ।

दुई घण्टा लामो यस भेटले दुई देशबीचको तनाव कम गर्दै सहकार्यको नयाँ सङ्केत दिएको छ । ट्रम्पले पेट्रोलाई ‘टेरिफिक’ व्यक्तिको संज्ञा दिएका छन्।

वार्ताअघि नै पेट्रोले अमेरिकाबाट हुने डिपोर्टेसन उडानहरू स्वीकार गर्ने र एक प्रमुख लागुऔषध तस्करलाई अमेरिका सुपुर्दगी गर्ने निर्णय गरेर मित्रताको हात बढाएका थिए ।

ट्रम्पले पेट्रोलाई आफ्नो चर्चित पुस्तक ‘द आर्ट अफ द डिल’ र एउटा ‘रातो टोपी’ उपहार दिएका छन् ।  पेट्रोले ठट्टा गर्दै यसलाई ‘मेक द अमेरिका ग्रेट अगेन’सम्झौताको आधार बन्न सक्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?