+
+
Shares

फिल्म हेर्दाहेर्दै दर्शक बेहोस भएको भन्दै ‘आबाट आमा’ ले माग्यो माफी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १९:३३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'आबाट आमा' का निर्देशक चन्द्र पन्तले दर्शकलाई मानसिकरुपमा गाह्रो भएको भन्दै माफी माग्नुभएको छ।
  • दुबईको शोमा ४५ वर्षिय दर्शक बेहोस भएपछि अन्तिम १५ मिनेटअघि शो रोकिएको छ।
  • फिल्मले अभिभावक र सन्तानबीचको सम्बन्ध, त्रिकोणात्मक प्रेम र विदेशिन बाध्य हुने परिस्थिती चित्रण गरेको छ।

काठमाडौं । फिल्म ‘आबाट आमा’ ले दर्शकसँग माफी मागेको छ । एक विज्ञप्ति जारी गर्दै फिल्मका निर्देशक तथा निर्माता चन्द्र पन्तले फिल्म हेर्दाहेर्दै दर्शकलाई मुस्किल भएको भन्दै माफी मागेका हुन् ।

कतिपय दर्शक फिल्म हेर्दाहेर्दै बेहोस भएको, कोही बिरामी भएको र धेरैलाई मानसिकरुपमा गाह्रो भएको निर्माताले बताएका छन् ।

निर्देशक पन्तका अनुसार, विराटनगर र युएईको दुबईका शोजमा दुईजना दर्शक बेहोस भएका थिए । दुबईको शोमा अन्तिम १५ मिनेटअघि ४५ वर्षिय दर्शक बेहोस भएपछि शो नै रोक्नुपरेको निर्देशक पन्तले बताए ।

‘हाम्रो उद्देश्य कसैलाई रुवाउने वा चोट पुर्‍याउने पक्कै थिएन । तर जब फिल्मको कथा जीवनको कथाजस्तो लाग्छ । तब मन थाम्न धेरै गाह्रो हुँदो रहेछ’ विज्ञप्तिमा भनिएको छ ।

फिल्म हेरेकोमा दर्शकलाई धन्यवाद तर, मन दुखाएको भन्दै निर्माताले माफी मागेका छन् । पन्त निर्देशित यो फिल्म अभिभावक र सन्तानबीचको मर्मस्पर्शी सम्बन्धको कथामा आधारित छ ।

पल शाह, प्रदीप रावत, विपना थापाको शीर्ष भूमिका रहेको फिल्ममा बाबुआमाको महत्व र गरिमालाई चित्रण गरिएको छ । यीबाहेक त्रिकोणात्मक प्रेम र विदेशिन बाध्य हुनुपर्ने परिस्थितीलाई समेत केलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?