+

म्यान्चेस्टर सिटी ईएफएल कपको फाइनलमा

२०८२ माघ  २२ गते ९:१६ २०८२ माघ २२ गते ९:१६
म्यान्चेस्टर सिटी ईएफएल कपको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यान्चेस्टर सिटीले न्युकासलमाथि ३-१ को जित निकाल्दै समग्रमा ५-१ को नतिजासहित ईएफएल कपको फाइनलमा पुगेको छ।
  • ओमर मारमाउशले दुई गोल गरे भने तिजानी रेइन्डर्सले एक गोल गरे, न्युकासलका एन्थनी एलांगाले एक गोल फर्काए।
  • सिटीले फाइनलमा आर्सनलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

२२ माघ, काठमाडौं । म्यान्चेस्टर सिटी इंग्लिस फुटबल लिग (ईएफएल) कपको फाइनलमा पुगेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा न्युकासलमाथि ३-१ को जित निकाल्दै समग्रमा ५-१ को नतिजासहित फाइनलमा पुगेको हो ।

सिटीको जितमा ओमर मारमाउशले दुई गोल गरे भने तिजानी रेइन्डर्सले एक गोल गरे । न्युकासलका एन्थनी एलांगाले एक गोल गरे ।

मारमाउशले सातौं र २९औं मिनेटमा गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाएका थिए । ३२औं मिनेटमा रेइन्डर्सले गोल थप्दा सिटी पहिलो हाफमै ३-० ले अघि बढ्यो ।

६२औं मिनेटमा एलांगाले गोल फर्काएपनि हार टार्न पर्याप्त भएन । यसअघि सिटीले पहिलो लेगमा २-० को जित निकालेको थियो ।

सिटीले अब उपाधिका लागि आर्सनलसँग खेल्नेछ ।

ईएफएल कप म्यान्चेस्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय