२२ माघ , काठमाडौ । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच लामो र विस्तृत टेलिफोन वार्ता भएको छ, जसलाई ट्रम्पले सकारात्मक मानेका छन् ।
राष्ट्रपति ट्रम्पका अनुसार चीनले यस सिजनमा २० मिलियन टन र अर्को सिजनमा २५ मिलियन टन सोयाबिन खरिद गर्ने प्रतिबद्धता जनाएको छ। यो सम्झौता अमेरिकी किसानहरूका लागि ठूलो राहत मानिएको छ।
चीनले अमेरिकाबाट तेल र ग्यासको खरिद बढाउने विषयमा पनि छलफल भएको छ। यसले विश्वव्यापी ऊर्जा बजारमा नयाँ फेरबदल ल्याउन सक्ने देखिएको छ।
चिनियाँ राष्ट्रपति सीले ताइवानको विषयलाई सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील भन्दै अमेरिकालाई हतियार बिक्रीमा सावधानी अपनाउन भनेका छन्। चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ।
राष्ट्रपति ट्रम्पले आगामी अप्रिल २०२६ मा चीन भ्रमण गर्ने र राष्ट्रपति सीसँग प्रत्यक्ष भेटवार्ता गर्ने योजना पुन: पुष्टि गरेका छन् ।
प्रतिक्रिया 4