News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लामले फेब्रुअरी १५ मा श्रीलंकामा हुने भारतविरुद्धको खेल खेल्न पाकिस्तान क्रिकेट बोर्डलाई आग्रह गरेका छन्।
- पाकिस्तानले प्रतियोगितामा सहभागी हुने तर भारतसँग नखेल्ने अडान राखेको थियो र अन्तिम निर्णय पाकिस्तानी सरकारको हातमा रहेको छ।
- आईसीसी र पीसीबीका पदाधिकारीबीच लाहोरमा भएको बैठकपछि विषय पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसमक्ष पुगेको छ।
२६ माघ, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष अमिनुल इस्लामले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत फेब्रुअरी १५ मा श्रीलंकामा तय भारतविरुद्धको खेल खेल्न पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आग्रह गरेका छन्।
यसअघि पाकिस्तानले प्रतियोगितामा सहभागी हुने तर भारतसँग खेल्न नहुने अडान राखेको थियो। अब उक्त खेलबारे अन्तिम निर्णय पाकिस्तानी सरकारको हातमा रहेको बताइएको छ। आगामी २४ घण्टाभित्र निर्णय आउन सक्ने भारतीय समाचार संस्थाहरूमा उल्लेख छ ।
आइतबार लाहोरमा आईसीसी र पीसीबीका पदाधिकारीबीच पाकिस्तानको भारतविरुद्धको खेलबारे लामो बैठक भएको थियो। सो त्रिपक्षीय छलफलमा पीसीबीको निमन्त्रणामा बीसीबी अध्यक्ष अमिनुल इस्लाम पनि सहभागी भएका थिए।
छलफलपछि विषय पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसमक्ष पुगेको र अन्तिम स्वीकृति उनीबाट आउने अपेक्षा गरिएको छ।
पाकिस्तान भ्रमणपछि सोमबार बंगलादेश फर्किएका अमिनुलले पाकिस्तानले कठिन समयमा बंगलादेशलाई दिएको साथप्रति आभार व्यक्त गर्दै सम्पूर्ण क्रिकेटको हितका लागि भारतविरुद्धको खेल खेल्न आग्रह गरेका हुन्।
यसअघि सुरक्षा कारण देखाउँदै बंगलादेशले भारतमा गएर खेल्न अस्वीकार गरेको थियो। श्रीलंकामा छोटो समयमै वैकल्पिक व्यवस्था हुन नसकेपछि आईसीसीले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई सहभागी गराएको थियो।
त्यही निर्णयपछि पाकिस्तानले बंगलादेशको पक्षमा उभिएर आईसीसीलाई डबल स्टयान्डर्ड देखाएको आरोप लगाउँदै भारतसँग हुने विश्वकपको खेल नखेल्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4