News Summary
Generated by OK AI. Editorially reviewed.- चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई मनास्लु खेलाडी सम्मान– २०८२ बाट सम्मान गरेको छ।
- कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा मनास्लुले विश्व लिम्बूलाई सञ्चारकर्मी सम्मान, अनन्तप्रसाद भेटवाललाई समाजसेवी सम्मान र अभिषेक घिमिरेलाई शिक्षासेवी सम्मान दिएको छ।
- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, मनास्लुका कार्यकारी अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले सम्मान गरेका थिए।
१ फागुन, काठमाडौं । चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई बिहीबार सम्मान गरेको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशिष्ट व्यक्तित्वलाई सम्मान तथा बृहत सांस्कुतिक कार्यक्रममा खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एन्जिलालाई मनास्लु खेलाडी सम्मान– २०८२ बाट सम्मान गरिएको हो ।
सोही अवसरमा मनास्लुले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई पनि सम्मान गरेको थियो । विश्व लिम्बूलाई मनास्लु सञ्चारकर्मी सम्मान, अनन्तप्रसाद भेटवाललाई मनास्लु समाजसेवी सम्मान र अभिषेक घिमिरेलाई मनास्लु शिक्षासेवी सम्मानबाट सम्मानित भए ।
उनीहरुलाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, मनास्लुका कार्यकारी अध्यक्ष गेन्द्र लामा र मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठले सम्मान गरे ।
प्रतिक्रिया 4