News Summary
Generated by OK AI. Editorially reviewed.- सक्रिय जीवनशैली, नियमित व्यायाम, सन्तुलित पोषण र आवश्यक परे हर्मोन थेरापीले रजनोवृत्तिपछिको समस्याहरू प्रभावकारी रूपमा कम गर्न सकिन्छ।
सक्रिय जीवनशैली, नियमित व्यायाम, सन्तुलित पोषण, नियमित स्वास्थ्य जाँच र आवश्यक परे हर्मोन थेरापी वा औषधिले रजनोवृत्तिपछिको समस्याहरूलाई प्रभावकारी रूपमा कम गर्न सकिन्छ ।
यो सबैभन्दा महत्वपूर्ण छ । यसको कुनै साइड इफेक्ट हुँदैन र सबैले अपनाउन सक्छन् । यसका लागि चिकित्सकसँग परामर्श लिइरहनु पर्ने झन्झट पनि छैन ।
हड्डीको स्वास्थ्यका लागि क्याल्सियम र भिटामिन डी युक्त सन्तुलित खाना महत्ववपूर्ण हुन्छ । शरीरकै तौल बोक्ने मांशपेशीहरू बलियो बनाउन व्यायाम आवश्यक हुन्छ । पोषण र व्यायमले हड्डीको घनत्व र मांसपेशी कायम राख्न मद्दत गर्दछ ।
साथै नियमित व्यायामले मूड, निद्रा र तौल नियन्त्रणमा पनि सुधार ल्याउन सक्छ । त्यस्तै योग, ध्यान र मेडिटेसन आदि तनाव कम गर्ने, चिन्ता र मूड स्विङको व्यवस्थापनका लागि लाभदायक हुन सक्छ । मसलेदार खाना, क्याफिन, मद्यपानको सेवन नगर्नाले शरीर तातिने सम्भावित ट्रिगरहरू केही कम गर्न सकिन्छ ।
औषधिको प्रयोग
यो बढी प्रभावकारी छ, तर यसका असरहरू पनि छन् । चिकित्सिय परामर्शबिना सेवन गर्नु अर्को समस्याको जन्म दिनु जस्तो पनि हुन सक्छ । मेनोपोजमा मुख्य असर गर्ने समस्या इस्ट्रोजेन हर्मोनको कमी हुनु हो । त्यसैले यही हर्मोन प्रयोग गर्न सकिन्छ । यसलाई हार्मोन रिप्लेसमेन्ट थेरापी (एचआरटी) भनिन्छ । भासोमोटर लक्षणहरूका लागि सबैभन्दा प्रभावकारी उपचार हो । एचआरटी विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ ।
नेपाली बजारमा मुखबाट खाने चक्की तथा योनिमार्गमा लगाइने क्रिमका रुपामा यो औषधि उपलब्ध छन् । इस्ट्रोजन–प्रोजेस्टोजेन संयुक्तरूपमा पनि प्रयोग गर्न सकिन्छ । इस्ट्रोजेनको प्रयोगले इन्डोमेट्रियमको क्यान्सर तथा डिप भेन थ्रोम्बोसिसको खतरा रहेकाले यसको प्रयोग अत्यन्त सन्तुलित रूपमा गर्नुपर्ने हुन्छ । पछिल्लो चरणमा हर्मोनका विकल्पहरू पनि प्रयोग गरिन्छ ।
प्यारोक्सेटिन र भेनलाफ्याक्सिन जस्ता एन्टीडिप्रेसन्टहरूले हट फलस (शरिर तातिने) लाई ४०–६० प्रतिसतसम्म कम गरेको देखाइएको छ । त्यस्तै फेजोलिनेटेन्ट, गाबापेन्टिनोईड जस्ता विकल्पहरू पनि छन्, तर सर्वसुलभ र सबैलाई प्रयोग गर्न सकिँदैन ।
महिला आफैँलाई मात्र होइन, परिवार र समाजलाई पनि यो परिवर्तन बुझ्न जरुरी छ । मान्छे बदलिएकी होइन, केवल उनको शरीरले हर्मोनको नयाँ अवस्थासँग समायोजन गर्दैछ भनेर श्रीमान्, छोरीछोरा, बुहारी– सबैले बुझ्नुपर्छ । यसमा सल्लाह र निर्देशनको भन्दा पनि साथ र समझदारी आवश्यक हुन्छ ।
यो समझदारीले नै महिलालाई मेनोपोजको पीडा कम गर्न, आत्मविश्वास बढाउन, र जीवनलाई नयाँ लयमा डोर्याउन सक्षम बनाउँछ । मेनोपोज केवल शारीरिक परिवर्तन होइन । मेनोपोजले महिलाको मानसिक र भावनात्मक आयामहरू पनि प्रभावित पार्छ ।
यसलाई स्वीकार्नु, बुझ्नु र उचित हेरचाह गर्नु स्वास्थ्य र मानसिक सन्तुलन दुवैका लागि महत्वपूर्ण छ । स्वास्थ्यका दृष्टिले, यो एउटा संकट मात्र होइन । हड्डी र मुटुको सुरक्षा, मानसिक स्वास्थ्य सुदृढीकरण, र आत्म–आत्मीयता विकास गर्ने अवसरको समय पनि हो ।
अन्ततः मेनोपोज कुनै लाज वा कमजोरी होइन । यो महिलाको जीवनको एक स्वाभाविक, जैविक, र महत्वपूर्ण अध्याय हो । यदि समाज र परिवारले बुझ्छ, महिला आफैंले स्वीकार्छिन्, र चिकित्सकीय मार्गदर्शन सही समयमा प्राप्त हुन्छ भने, यो चरण उनीहरूको जीवनमा स्थिरता, आत्मविश्वास, र सन्तुलन ल्याउन सक्छ ।
प्रतिक्रिया 4