+
टी-२० विश्वकप २०२६ :

यूएईलाई हराउँदै दक्षिण अफ्रिका समूह ‘डी’ मा अपराजित

२०८२ फागुन  ६ गते १४:४८ २०८२ फागुन ६ गते १४:४८
यूएईलाई हराउँदै दक्षिण अफ्रिका समूह ‘डी’ मा अपराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२६ समूह 'डी' मा यूएईलाई ६ विकेटले हराउँदै शतप्रतिशत जित कायम राखेको छ।
  • दक्षिण अफ्रिकाले १३.२ ओभरमा ४ विकेट गुमाएर १२३ रनको लक्ष्य पूरा गरेको थियो।
  • यस समूहबाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर ८ मा पुगिसकेका छन्।

६ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ मा दक्षिण अफ्रिकाले शतप्रतिशत जित हासिल गरेको छ ।

बुधबार दिल्लीमा भएको खेलमा यूएईलाई हराउँदै दक्षिण अफ्रिकाले अपराजित यात्रा कायमै राखेर सुपर ८ खेल्ने भएको हो । दक्षिण अफ्रिकाले यूएईलाई ६ विकेटले पराजित गर्‍यो ।

यूएईले दिएको १२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । डेवाल्ड ब्रेभिसले सर्वाधिक ३६ रन बनाए भने रायन रिकेल्टनले ३०, कप्तान एइडेन मार्क्रमले २८ तथा क्विन्टन डिककले १४ रन बनाए ।

यूएईका हेदर अली, मुहम्मद जवादुल्लाह, मुहम्मद अरफान र मुहम्मद फारुकले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको थियो । अलिशान सराफुले सर्वाधिक ४५ रन बनाए । कप्तान मुहम्मद वासीमले २२ रन तथा आर्यंश शर्माले १३ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि कोर्बिन बोशले ३, एनरिच नोर्त्जेले २ तथा जर्ज लिन्डेले १ विकेट लिए ।

दक्षिण अफ्रिकाले यसअघि अफगानिस्तान, क्यानडा र न्युजिल्यान्डलाई पराजित गरेको थियो । यूएईले क्यानडालाई पराजित गरेको थियो ।

यो समूहबाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर ८ मा पुगिसकेका छन् ।

टी-२० विश्वकप २०२६ दक्षिण अफ्रिका क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय