+
+
Shares

रमेश मल्लले ल्याए ६ बुँदे प्रतिबद्धता : उत्पादनमा ३० प्रतिशत वृद्धिको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १२:१८

७ फागुन, सल्यान । सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश मल्लले ६ बुँदे प्रतिवद्धता ल्याएका छन् । जसअन्तर्गत उत्पादन वृद्धि, उद्यमशीलता र युवा स्वरोजगारलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

उनका अनुसार सल्यानबाट वार्षिक अदुवा, सुन्तला, आलु, खसी बोका, टिमुर, ताजा तरकारी गरि साढे ३ अर्ब बराबरको उत्पादन निर्यात भइरहेको छ । यसका अतिरिक्त स-साना परिमाणमा विभिन्न प्रकारका कृषि तथा वन पैदावार, जडिबुटी पनि निर्यात भइरहेको छ ।

यहीँनेर मल्लको प्रतिबद्धता छ, ‘सल्यानको उत्पादनलाई वार्षिक ३० प्रतिशशले वृद्धि गर्ने लक्ष्यसहित कार्ययोजना निर्माण गरि कृषि, पशुपालन, वन पैदावार, बागवानी, तरकारी लगायतको क्षेत्रमा सीप, ज्ञान, प्रविधि, अनुदान, सहुलियत ऋण र लगानी बढाउने योजनामा हाम्रो बिशेष प्राथमिकता रहने छ।’

सल्यान जिल्लाबाट उत्पादित कृषिजन्य तथा वन पैदावार उत्पादन, पशुपालन र पर्यटनमा आधारित उद्यमशीलता, साना उद्योग तथा व्यवसायहरू सञ्चालन गरेर युवा स्वरोजगार सिर्जना गर्न तथा आयआर्जनमा वृद्धि गर्ने उनको उदेश्य छ ।

साथै स्थानीय उत्पादनको ब्रान्डिङ तथा बजारीकरणको व्यवस्था गरि राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सल्यानी उत्पादनको पहिचान बनाउन पहल गरिने प्रतिबद्धता जनाइएको छ ।

उत्पादित वस्तुहरूको भण्डारणका लागि जिल्लाभित्र आधुनिक शीत भण्डार निर्माण र बजार विस्तार गर्नुका साथै बीउबिजन, मल तथा कृषि सामग्री र प्राविधिक सहयोग उपलब्ध गराउन निरन्तर पहल गर्ने भनिएको छ ।

सल्यानका पौराणिक सीपमा आधारित खुकुरी उद्योग, बाँस / निगालोबाट निर्मित वस्तु र तयारी पोशाकलाई आधुनिक प्रविधिमा समायोजन गरी व्यावसायिक बनाउन र राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचान एवम् बजारीकरणका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाइएको छ ।

सल्यानको प्राकृतिक सम्पदा (सल्लाको खोटो), रिठा, तेजपात (दालचिनी), समायो लगायतका जडिबुटीको व्यवस्थित उत्पादन, संकलन र बजारीकरणका लागि पहल गर्ने भनिएको छ ।

जिल्लाका प्रमुख बजार र स्थानीय बजारहरूको आधुनिकीकरण तथा उचित व्यवस्थापनका साथै बसपार्कको व्यवस्था, उद्योग तथा व्यापार/व्यवसायको प्रवर्धनको लागि संघ, प्रदेश र स्थानीय तहमा देखिएको दोहोरो कर प्रणालीको अन्त्य गर्दै करदाता साक्षरता र सेवा बिस्तारमा जोड प्रतिवद्धतापत्रमा उल्लेख छ ।

लघुवित्त पीडितको विषय हल गर्न पहल गर्नुका साथै आवासविहीनको लागि जनता आवासको कार्यक्रम, दलित, महिला, जनजाति र अल्पसंख्यक लक्षित कार्यक्रमलाई बढाउन पहल गर्ने भनिएको छ ।

कृषि सहकारी सुदृढीकरण, एक पालिका एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने र उत्पादित वस्तुको अन्तर पालिका व्यापार प्रवर्धनमा जोड दिने प्रतिवद्धता जनाइएको छ ।

नीतिगत प्रतिबद्धतामा सुशासन

नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका मल्लले नीगित प्रतिवद्धतामा सुशासनको विषय उठाएका छन् ।

‘जेनजी आन्दोलनमार्फत् उठाइएका भ्रष्टाचार, अनियमितता तथा बेरोजगारीजस्ता समस्याहरूको समाधानको लागि लोकतन्त्रको सुदृढीकरण, सुशासन, राजनीतिक स्थायित्व र शान्ति सुरक्षा कायम गर्दै युवा स्वरोजगार तथा उद्यमशीलतामार्फत् उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने कुरामा हामी प्रतिबद्ध छौं’ प्रतिवद्धतापत्रमा उल्लेख छ ।

भौतिक पूर्वाधार विकासमा जोड दिने, शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको गुणस्तर वृद्धिमा काम गर्ने पनि उनको प्रतिवद्धता छ ।

‘संघीय शिक्षा ऐन पारित गर्न पहल गर्नु, जिल्लामा आंगिक क्याम्पस तथा कृषि क्याम्पस स्थापनाको पहल गर्नु, विद्यालयहरूमा डिजिटल सिकाइ प्रणाली अनिवार्य गर्नु, पढ्दै कमाउँदै कार्यक्रमका साथै प्राविधिक तथा सीपमूलक शैक्षिक कार्यक्रमहरू थप गर्दै जानु हाम्रो शैक्षिक कार्यभार हुनेछ’ प्रतिवद्धतापत्रमा उल्लेख छ ।

जिल्लाको प्राकृतिक सम्पदा र उत्पादनमा आधारित उद्यमशीलता तथा उद्योगहरू स्थापना एवम् सञ्चालन गर्न आवश्यक पर्ने प्राविधिक तथा व्यावसायिक धारका सीपमूलक जनशक्ति उत्पादनमा जोड दिने भनिएको छ ।

सल्यान जिल्ला अस्पतालको निर्माणाधीन भवनलाई सम्पन्न गर्न प्रभावकारी कदम चाल्ने र तत्काल जिल्ला अस्पताललाई विशेषज्ञ सेवासहित ५० शैय्याको क्षमतामा विकास गर्न पहल गर्ने भनिएको छ । निकट भविष्यमा क्रमश: १०० शैय्यामा स्तरोन्नति गर्न पहल गर्ने प्रतिवद्धता जनाइएको छ

सबै पालिकाहरूमा १५ शैय्याको अस्पतालको पूर्वाधार, जनशक्ति र सेवा सञ्चालन गर्नुका साथै प्रत्येक वडामा स्वास्थ्य चौकी सञ्चालन गरी आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिने पनि भनिएको छ ।

‘दुई वर्ष भित्र पूर्ण उज्यालो सल्यान’

विद्युत, सिँचाइ र खानेपानीको क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ ।

सल्यान जिल्लाको पूर्ण विद्युतीकरणको योजनालाई तीव्रता दिदै विद्युत नपुगेका घरधुरीमा वैकल्पिक ऊर्जाको समेत व्यवस्था गरि दुई वर्ष भित्र सल्यानलाई पूर्ण उज्यालो जिल्ला बनाउने प्रतिवद्धता जनाइएको छ ।

विद्युतीय जोखिम हटाउनको लागि नाङ्गो तार विस्थापन गरि यथाशीघ्र Covered Conductors तथा ABC Cable जडान गर्नुका साथै काठका पोल हटाउने भनिएको छ । जिल्लामा उद्योग तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक पर्ने विद्युतीय क्षमता वृद्धि गर्न १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण गर्ने भनिएको छ ।

शारदा–बबई करिडोर र भेरी करिडोरका सबै सिंचाइयोग्य जमिन, फाँट र टारहरूमा सतहगत सिंचाइ र लिफ्ट सिँचाइको माध्यामबाट सिँचाइको व्यवस्था गर्ने प्रतिवद्धता छ ।

बाढी पहिरोबाट खेतीयोग्य जमिन तथा वस्तीहरू सुरक्षित गर्न व्यवस्थित तटबन्धको योजना निर्माण र कार्यान्वयन गर्ने भनिएको छ ।

स्वस्थ खानेपानी नपुगेका बस्तीहरूमा पाइपलाइन तथा लिफ्ट खानेपानी योजनामार्फत् खानेपानीको व्यवस्था गर्नुका साथै जीर्ण खानेपानी योजनाहरूको पुन:निर्माण गर्ने भनिएको छ ।

साथै जलश्रोत तथा पानीका मुहानहरू संरक्षण गर्न अल्पकालीन तथा दीर्घकालीन योजना निर्माण र कार्यान्वयनमा जोड दिने प्रतिवद्धता जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?