+
+
Shares

रास्वपाले भन्यो- एमालेको झण्डा जलाएका छैनौं

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १५:०३
रास्वपा सभापति रवि लामिछाने

८ फागुन, दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एमालेको झण्डा आफूहरुले नजलाएको जनाएको छ । उसले एमालेको झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग समेत गरेको छ ।

विहीबार राति दाङको तुलसीपुर बजारमा एक समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको थियो ।

एमाले दाङ जिल्ला अध्यक्ष शिव कुमार आचार्यले विज्ञप्ति जारी गर्दै रास्वपा कार्यकर्ताहरुले एमालेको झण्डा जलाएको आरोप लगाउँदै ‘अपरिपक्वताको पराकाष्ठा’ भनेका थिए ।

रास्वपा सभापति रवि लामिछानेले भने एमालेको आरोपको खण्डन गरेका छन् ।

रास्वपा दाङ जिल्ला सभापति बिनय घिमिरेले पनि विज्ञप्ति निकालेर आफूहरुले झण्डा नजलाएको जनाएका छन् । ‘रास्वपाको बढ्दो जनलहरलाई धुमिल बनाउने उद्देश्यले गरिएको यस्तो निन्दनीय कार्यमा हाम्रो पार्टीको कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा लेखिएको छ ।

हेर्नुहोस् रास्वपाको विज्ञप्ति–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?