+

लिटिल एन्जल्सलाई लोयल्टी कप फुटबलको उपाधि

२०८२ फागुन  ८ गते १८:२० २०८२ फागुन ८ गते १८:२०
लिटिल एन्जल्सलाई लोयल्टी कप फुटबलको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिटिल एन्जल्सले १४औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
  • फाइनलमा लिटिल एन्जल्सले काठमाडौं भ्याली स्कुललाई ५–१ गोलले पराजित गरेको छ।
  • प्रतियोगितामा प्रणव बोगटी सर्वाधिक स्कोरकर्ता र सन्द्रप शाही उत्कृष्ट स्ट्राइकर घोषित भएका छन्।

८ फागुन, काठमाडौं । लिटिल एन्जल्सले १४औं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीमा भएको फाइनलमा लिटिल एन्जल्सले काठमाडौं भ्याली स्कुललाई ५–१ गोलले पराजित गर्‍यो । प्रणव बोगटीले ह्याट्रिक गरे भने सन्द्रप शाहीले २ गोल थपे ।

काठमाडौं भ्यालीका नोर्बु छिरिङ घलेले सान्त्वना गोल गरे । प्रतियोगिता अवधिभर ११ गोल गरेका प्रणव सर्वाधिक स्कोरकर्ता बने । सन्द्रप उत्कृष्ट स्ट्राइकर घोषित भए ।

काठमाडौं भ्यालीका सन्तोष उत्कृष्ट डिफेन्डर, लिटिल एन्जल्सका आयुश थापा उत्कृष्ट मिडफिल्डर, इनियस पंगेनी उत्कृष्ट गोलरक्षक, लिटिल एन्जल्सका राजेन्द्र कार्की उत्कृष्ट प्रशिक्षक चुनिए । त्रिज्योति अनुशासित टिम बन्यो ।

विजेतालाई बागमती प्याब्सनका अध्यक्ष मुरारीप्रकाश सञ्जेल, लोयल्टीका अध्यक्ष विजय सम्बाहाम्फे, लोयल्टीकी निर्देशक नन्दा सुब्बा, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चारदिने प्रतियोगितामा आयोजकको २ सहित १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

लिटिल एन्जल्स लोयल्टी कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय