News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लिग फुटबलमा न्युरोड टिम र मनाङ मर्स्याङ्दी क्लबले ०-० गोलरहित बराबरी खेलेका छन्।
- बराबरीपछि न्युरोड टिमले शीर्ष स्थानमा रहेको एपीएफ र मछिन्द्र एफसीसँग अंक बराबरी गर्ने अवसर गुमाएको छ।
- राष्ट्रिय लिगका खेलहरू नकआउट प्रतियोगिताहरु सकिएपछि आइतबारदेखि पुनः सुरु भएका छन्।
१० फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) ले बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्पा कम्प्लेक्सको मैदानमा भएको खेलमा एनरआरटीले मनाङले गोलरहित बराबरी खेलेका हुन् ।
राष्ट्रिय टिमका लागि संयुक्त रुपमा सर्वाधिक गोलकर्ता रहेका अन्जन विष्टले आफ्नो पूर्व क्लब मनाङ विरुद्ध आज एनआरटीबाट खेलेका थिए । अन्जन दोस्रो हाफमा दिप लामाको स्थानमा मैदान प्रवेश गरेका थिए ।
बराबरीपछि एनआरटीले शीर्ष स्थानमा रहेको एपीएफ र मछिन्द्र एफसीसँग अंक बराबरी गर्ने अवसर गुमाएको छ । ७ खेलबाट १४ अंक जोडेको एनआरटी चौथो स्थानमै छ । समान खेलबाट ८ अंक जोडेको मनाङ पनि आठौं स्थानमै यथावत छ ।
मोफसलको गोल्डकपहरुका लागि केही समय राष्ट्रिय लिगमा ब्रेक गरिएको थियो । नकआउट प्रतियोगिताहरु सकिएपछि आइतबारदेखि राष्ट्रिय लिगका खेलहरू पुन: सुरु भएका हुन् ।
आइतबारको पहिलो खेलमा एपीएफले नव जन जागृति क्लबलाई ४-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको थियो ।
प्रतिक्रिया 4