+

एन्फाको स्पष्टीकरण- साम्बाको उपचारका लागि आवश्यक पत्राचार गरिसक्यौं

२०८२ फागुन  ११ गते १८:४२ २०८२ फागुन ११ गते १८:४२
एन्फाको स्पष्टीकरण- साम्बाको उपचारका लागि आवश्यक पत्राचार गरिसक्यौं

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले महिला टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारका लागि आर्थिक सहयोग अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
  • एन्फाले सावित्राको उपचार जिम्मा उनको क्लबले लिने र कतारमा उपचारका लागि आवश्यक पहल गरिरहेको जनाएको छ।
  • एन्फाले परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरिरहेको र विगतमा अन्य महिला खेलाडीको उपचार खर्च व्यहोरेको स्मरण गराएको छ।

११ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले सामाजिक सञ्जालमा उपचारका लागि आर्थिक सहयोगको अपिल गरेको विषयप्रति अखिल नेपाल फुटबल संघ (एन्फा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै साम्बा नेपाली फुटबलकी गौरव र धरोहर खेलाडी भएको उल्लेख गर्दै  उनको चोटले सिंगो नेपाली खेलकुद क्षेत्र चिन्तित बनेको संघले जनाएको छ।

अन्तर्राष्ट्रिय प्रचलनअनुसार व्यवसायिक क्लबबाट खेल्दा घाइते भएका खेलाडीको उपचारको जिम्मा सम्बन्धित क्लबकै हुने बताउँदै एन्फाले साम्बाको उपचारका लागि उनको क्लबले न्युजिल्याण्डमै पहल गरेको उल्लेख गरेको छ । तर साम्बाले कतारमा उपचार गराउन चाहेकोले एन्फाले त्यसका लागि आवश्यक पहल गरिरहेको जनाएको छ।

संघले साम्बाको उपचारका लागि कतार फुटबल संघसँग औपचारिक पत्राचार गरिसकेको र एन्फा अध्यक्षले व्यक्तिगत रूपमा पनि समन्वय गरिरहेको जनाएको छ। साथै, साम्बाकै आग्रहअनुसार परराष्ट्र मन्त्रालयमार्फत आवश्यक समन्वयका लागि पनि पत्र पठाइएको एन्फाले स्पष्ट पारेको छ।

एन्फाले विगतमा राष्ट्रिय महिला टोलीका खेलाडीहरू प्रिती राई, दीपा शाही, हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर, रेनुका नगरकोटी र सविता राना मगरलगायतको उपचार खर्च संघले नै व्यहोरेको स्मरण गराएको छ।

साम्बाको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित क्लबसँग भएको सम्झौता अध्ययन गर्दै आवश्यक कदम चालिने एन्फाले जनाएको छ। राष्ट्रिय टोलीकी कप्तानलाई परेको यो कठिन समयमा एन्फा परिवार पूर्ण रूपमा साथमा रहेको र उनलाई छिट्टै मैदानमा फर्काउने प्रतिबद्धता व्यक्त गरिएको छ।

सावित्रा भण्डारी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय