+
+
Shares

निर्वाचनमा स्वास्थ्यकर्मीलाई नखटाउन मन्त्रालयको आग्रह

प्रवक्ता बुढाथोकीले भने, ‘हामीले आयोगसमक्ष स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह गरेका छौँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते २१:०८

११ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोगसँग आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निर्वाचनको समयमा सम्भावित दुर्घटनालाई ध्यान दिँदै चुनावमा स्वास्थ्यकर्मी नखटाउन आग्रह गरिएको बताएका छन् ।

‘निर्वाचनको  समयमा हुनसक्ने दुर्घटना र अन्य आकस्मिक घटनाको जोखिमलाई हेरेर स्वास्थ्यकर्मी चौबिसै घण्टा तयारी अवस्थामा रहनुपर्ने हुन्छ,’ प्रवक्ता बुढाथोकीले भने, ‘त्यसैले हामीले आयोगसमक्ष स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह गरेका छौँ ।’

मन्त्रालयले निर्वाचनको समयमा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहनसमेत आग्रह गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?