+
+
Shares

रविले भने- जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख, देवराजले गरे खण्डन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निवर्तमान सभामुख देवराज घिमिरेलाई जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख भनेर टिप्पणी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १२:५८

१२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निवर्तमान सभामुख देवराज घिमिरेलाई जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख भनेर टिप्पणी गरेका छन् ।

झापामा आयोजित कार्यक्रममा बोल्दै उनले ‘जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?’ भनेर प्रश्न गरेका थिए ।

लामिछानेको यस्तो अभिव्यक्तिको घिमिरेले खण्डन गरेका छन् ।

प्रेस नोट निकालेर उनले भनेका छन्, ‘बिर्तामोडमा आज रवि लामिछानेजीले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर मविरूद्ध घृणा फैलाउने काम गर्नुभएछ ।’

लोकतान्त्रिक अभ्यासमा, उम्मेदवार वा दलले आफ्नो कार्यक्रम, योजना र जनताका लागि आफ्ना एजेन्डाहरू प्रस्तुत गर्दछन् । घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने कुरा चुनावी प्रतिस्पर्धामा लामो समयसम्म नटिक्ने घिमिरेले बताएका छन् ।

घिमिरेले भनेका छन्, ‘संसद्मा हरेक सदस्यले आफ्नो अभिव्यक्ति गर्ने अधिकार छ । तर, संसदीय अभ्यास अनुसार सबै वक्ताहरूको वक्तव्यलाई समान अवसर दिन र क्रमिक रूपमा छलफल सम्पन्न गर्न समय निर्धारण हुन्छ । माइक काट्ने/काटिने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार गरिएको हुन्छ ।’

संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा नबुझ्ने भन्ने नहुने उल्लेख गर्दै घिमिरेले भनेका छन्, ‘उहाँ संसदको अभ्यास गरेर आउनुभएको व्यक्ति हो । संसदको वेबसाइटमा गएर हेर्न सकिन्छ– मैलेमात्र होइन उपसभामुख वा सभाको चेयर गरिरहेका अन्य माननीय भएका बेलामा पनि माइक काटिएको छ । अझ बढी काटिएको हुनुपर्दछ ।’

रवि लामिछानेले घृणा फैलाएको भन्दै घिमिरेले खेद प्रकट गरेका छन् ।

‘रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु । तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु– आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ?’ घिमिरेको प्रेस नोटमा उल्लेख छ ।

लामिछाने जनतालाई भावनामा बहकाउँदै अगाडि बढेको घिमिरेको आरोप छ । उनले भनेका छन्, ‘आफूमाथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन अपिल गर्दछु ।’

घिमिरे झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनी विघटित प्रतिनिधिसभामा सभामुख थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?