News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली टोली ५ खेलाडीसहित नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन फेब्रुअरी २७ देखि मार्च २ सम्म रुसको मस्को जाने भएको छ।
- पुरुष ७० केजीमा सनीसिंह सुनार, ७५ केजीमा सागर विष्ट, ८० केजीमा मुकेशकुमार चन्द र ३० केजीमा ब्रिनिश महर्जनले खेल्नेछन् भने महिल ५५ केजीमा बबिता कार्कीले प्रतिस्पर्धा गर्ने छिन्।
- प्रशिक्षक वीरकृष्ण महर्जनले टोलीको नेतृत्व गर्नेछन् र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले टोलीलाई बिदाइ गरेका छन्।
१२ फागुन, काठमाडौं । नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ ।
फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ७० केजीमा सनीसिंह सुनार, ७५ केजीमा सागर विष्ट, ८० केजीमा मुकेशकुमार चन्द र ३० केजीमा ब्रिनिश महर्जनले खेल्ने छन् । महिल ५५ केजीमा बबिता कार्कीले प्रतिस्पर्धा गर्ने छिन् ।
प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका ब्रान्च चिफ समेत रहेका अध्यक्ष वीरकृष्ण महर्जन छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतिक्रिया 4