+

नेपालले घरेलु मैदानमा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने

२०८२ फागुन  १३ गते १२:१६ २०८२ फागुन १३ गते १२:१६
नेपालले घरेलु मैदानमा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले चैत १२ गते दशरथ रंगशालामा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ।
  • नेपालले चैत १७ गते लाओससँग एएफसी एसियन कप २०२७ को तेस्रो चरण छनोट अन्तर्गत खेल्नेछ।
  • नेपाल र हङकङबीच यो एक वर्षमा दोस्रो पटक मैत्रीपूर्ण खेल हुनेछ, जुन गत वर्ष गोलरहित बराबरीमा सकिएको थियो।

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले आउने चैतमा घरेलु मैदानमा हङकङसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।

नेपाल र हङकङबीच आउँदो चैत १२ (मार्च २६) मा दशरथ रंगशालामा उक्त खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एएफसी एसियन कप २०२७ को तेस्रो चरण छनोटको अन्तिम खेफमा लाओससँग खेल्नुअघि नेपालले हङकङसँग खेल्न लागेको हो ।

एसियन कपमा पुग्ने होडबाट बाहिरिसकेको नेपालले लाओससँग चैत १७ गते (मार्च ३१) खेल्दैछ ।

नेपालले हङकङसँग एक वर्षमा दोस्रो पटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । गत वर्ष जुनमा भएको मैत्रीपूर्ण खेलमा नेपालले हङकङलाई गोलरहित बराबरीमा रोकेको थियो ।

यस्तै नेपालले हङकङसँग तेस्रो पटक खेल्न लागेको हो । सन् १९८८ मा काठमाडौंमै यी दुईबीच भएको पहिलो खेल पनि गोलरहित बराबरीमै सकिएको थियो ।

नेपाली फुटबल टोली मैत्रीपूर्ण फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय