+
+
Shares

गगनको चिन्ता- मध्यपूर्वमा रहेका नेपाली सुरक्षित बस्नुहोला, सरकार सुरक्षा व्यवस्था गरोस्

‘साथै म नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गर्दछु’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते १९:०१

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मध्यपूर्वमा विकसित युद्धबारे चिन्ता व्यक्त गरेका छन् । शनिबार फेसबुकमार्फत थापाले घटनाले आफूलाई चिन्तित बनाएको बताएका हुन् ।

‘विभिन्न देशहरूमा रहनुभएका सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा झन् संवेदनशील बनेको छ,’ सभापति थापाले भने, ‘यो परिस्थितिबारे सुसूचित रही सुरक्षा सतर्कता अपनाउनु हुन सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा अनुरोध गर्दछु ।’ सुरक्षा नियमको पूर्ण पालना गर्न र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै रहन त्यहाँ रहेका नेपालीलाई उनले आग्रह गरेका छन् ।

‘साथै म नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गर्दछु,’ सभापति थापाले अगाडि लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?