News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लिग फुटबलअन्तर्गत विभागीय डर्बीमा एपीएफ एफसी र नेपाल पुलिस क्लबले २-२ को बराबरी खेलेका छन्।
- एपीएफले प्रदिप लामाका दुई गोलले दुई पटक अग्रता लिएपनि पुलिसले शिशिर चौधरी र ओसेन्द्र कटुवालको गोलले बराबरी ल्याएको हो।
- एपीएफले ८ खेलबाट २० अंक जोडेको छ भने पुलिस ८ खेलबाट ८ अंकसहित ११औं स्थानमा उक्लेको छ।
१६ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत विभागीय डर्बीमा एपीएफ एफसी र नेपाल पुलिस क्लबले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपीएफले दुई पटक अग्रता लिएपनि कायम राख्न सकेन भने पुलिसले पुनरागमन गरेको हो ।
प्रदिप लामाले १०औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । पुलिसका लागि शिशिर चौधरीले २७औं मिनेटमा बराबरी गोल फर्काए ।
प्रदिपले नै ६१औं मिनेटमा गोल गर्दै एपीएफलाई दोस्रोपटक अग्रता दिलाएका थिए । तर ओसेन्द्र कटुवालले ८८औं मिनेटमा गोल गर्दै पुलिसको हार टारे ।
एपीएफको यो दोस्रो बराबरी हो । शीर्ष स्थानको एपीएफले ८ खेलबाट २० अंक जोडेको छ । पुलिसको पनि यो दोस्रो बराबरी हो । ८ खेलबाट ८ अंकसहित पुलिस ११औं स्थानमा उक्लेको छ ।
प्रतिक्रिया 4