+
टी-२० विश्वकप २०२६ :

श्रीलंकाविरुद्ध पाकिस्तान ५ रनले विजयी

२०८२ फागुन  १६ गते २३:०८ २०८२ फागुन १६ गते २३:०८
श्रीलंकाविरुद्ध पाकिस्तान ५ रनले विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ सुपर ८ समूह २ अन्तर्गत पाकिस्तानले श्रीलंकालाई ५ रनले पराजित गरेको छ।
  • पाकिस्तानले २१३ रनको लक्ष्य दिएकोमा श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनायो।
  • पाकिस्तानको जितका बाबजुद सेमिफाइनलमा नपुगेको छ र न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

१६ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ मा पाकिस्तानले सान्त्वना जित हासिल गरेको छ । शनिबार भएको सुपर ८ समूह २ को अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाई ५ रनले पराजित गरेको हो ।

जितका बाबजुद पाकिस्तान सेमिफाइनलमा भने पुग्‍न सकेन । पाकिस्तानले श्रीलंकालाई १४७ वा कम योगफलमा रोक्न सकेको भएमात्र सेमिफाइनल पुग्ने समिकरण थियो । यो नतिजाले न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।

पालेकेलेमा शनिबार भएको खेलमा पाकिस्तानले दिएको २१३ रनको बलियो लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनायो । कप्तान दसुन शनका ३१ बलमा २ चौका र ८ छक्कासहित ७६ रनमा अविजित रहे । पवन रथ्नायकेले ५९ रन बनाए ।

अन्तिम ओभरमा २८ रन आवश्यक हुँदा शनकाले शाहीन अफ्रिदीलाई चौका अनि लगातार तीन छक्का प्रहार गर्दै २ बलम ६ रन आवश्यक हुने अवस्थामा पुर्‍याएका थिए । अन्तिम २ बल डट भए । अन्ति बल भने वाइड लाइनमा देखिएको थियो तर अम्पायरले वाइड दिएनन् । पाकिस्तान ५ रनले विजयी भयो ।

पाकिस्तानका अबरार अहमदले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिए । शाहीन अफ्रिदी, नसीम शाह र मोहम्मद नवाजले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले साहिबजादा फरहानको शतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर २१२ रन बनाएको थियो । फरहानले ६० बलमा ९ चौका र ५ छक्कासहित १०० रन बनाए ।

फखार जमानले ४२ बलमा ९ चौका र ४ छक्कासहित ८४ रन बनाए । फखार र फरहान मिलेर पहिलो विकेटका लागि १७६ रनको साझेदारी गरेका थिए । त्यसपछि फिनिसिङ भने उत्कृष्ट हुन सकेन ।

१६औं ओभरमा १७६-० को अवस्थाबाट पाकिस्तानले २१२-८ मा फिनिस गरेको थियो । श्रीलंकाका दिल्शन मदुशन्काले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । कप्तान दसुन शनकाले २ तथा दुश्मान्था चमीराले १ विकेट लिए ।

सुपर ८ को समूह २ बाट इंग्ल्यान्ड ३ जितसहित यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब समूह १ बाट सेमिफाइनल खेल्ने एक टोलीको आइतबार टुंगो लाग्नेछ ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय