+

राष्ट्रिय लिग फुटबलमा आर्मीको सहज जित

२०८२ फागुन  १७ गते १३:१४ २०८२ फागुन १७ गते १३:१४
राष्ट्रिय लिग फुटबलमा आर्मीको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी एफसीले राष्ट्रिय लिग फुटबलमा नव जन जागृति युवा क्लबलाई ३-० ले पराजित गरेको छ।
  • आर्मीले पाँचौं जितपछि ८ खेलबाट १७ अंक जोडेर उपाधि होडमा आफूलाई कायम राखेको छ।
  • नव जन जागृतिले लगातार आठौं हार भोग्दै तालिकाको पुछारमा रहेको छ।

१७ फागुन, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी एफसीले राष्ट्रिय लिग फुटबलमा पूछारको नव जन जागृति युवा क्लबलाई ३-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले बाराको नव जन जागृतिलाई ३–० ले सहजै हरायो ।

लिगमा पाँचौं जितपछि आर्मीले ८ खेलबाट १७ अंक जोडेको छ र उपाधि होडमा आफूलाई कायम राखेको छ ।

राष्ट्रिय लिगमा कमजोर देखिएको टोली नव जनजागृतिको भने यो लगातार आठौं हार हो । बाराको यो टोली आधा खेल खेलिसक्दा अझै अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।

आर्मीको लागि कप्तान जर्ज प्रिन्स कार्कीले खेलको नवौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

नवयुग श्रेष्ठले ५४औं मिनेटमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे। कुन्साङ लामाले ७६औं मिनेटमा आर्मीको तेस्रो गोल गरे ।

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय