News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले १८ फागुनका लागि सुनको भाउ प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ तोकेको छ।
- सोमबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको छ।
- चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ पुगेको छ।
१८ फागुन, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ थियो ।
मध्यपूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । यसअघि माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६ हजार २० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4