+

साफ यू-२० च्याम्पियनसिप : राष्ट्रिय टिमका सुवास समेट्दै नेपालको अन्तिम टोली घोषणा

२०८२ फागुन  १९ गते १६:५७ २०८२ फागुन १९ गते १६:५७
साफ यू-२० च्याम्पियनसिप : राष्ट्रिय टिमका सुवास समेट्दै नेपालको अन्तिम टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।
  • टोलीको कप्तान धर्मेन्द्र कुँवर रहेका छन् भने सिनियर टिमका सुवास बम पनि टोलीमा छन्।
  • नेपाल समूह 'ए' मा माल्दिभ्स, भुटान र श्रीलंका सँग प्रतिस्पर्धा गर्नेछ र मार्च २३ मा भुटानसँग पहिलो खेल खेल्नेछ।

१३ फागुन, काठमाडौं । माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सिनियर टिमका सुवास बम ठकुरीलाई पनि समेट्दै २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । टोलीको कप्तानमा धर्बेन्द्र कुँवर छन् ।

आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।

नेपालसँगै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् ।

नेपालले मार्च २३ मा पहिलो खेलमै भुटानसँग खेल्नेछ । नेपालले दोस्रो खेल मार्च २५ मा श्रीलंका र तेस्रो खेल मार्च २७ मा घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल अप्रिल १ मा फाइनल अप्रिल ३ मा हुनेछ ।

अन्तिम टोली

धर्मेन्द्र कुँवर (कप्तान), एलिक श्रेष्ठ, अनुभव पुरी, भक्त बहादुर परियार, विजय उराउ, विज्ञान खड्का, विनायक थारु, गणेश पुलामी मगर, जोन विष्‍ट, निशान राज लावत, पवन पाख्रिन, पेम्बा नुर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रन्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सबिन लुङ्गेली मगर, सबिन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत, सुजन डंगोल

साफ यू-२० च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय