+
+
Shares

माथिल्लो डोल्पाको मतदान केन्द्रमा खटिएका ५ कर्मचारी बिरामी

पूर्ण सार्की पूर्ण सार्की
२०८२ फागुन २० गते १२:४९

२० फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पामा माथिल्लो क्षेत्रमा पर्ने मतदान केन्द्रमा खटिएका कर्मचारी बिरामी परेका छन् ।

शे-फोक्सुण्डो गाउँपालिका-६ फोतगाउँस्थित वडा नं. ६ को कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका पाँच जना कर्मचारी बिरामी भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निर्वाचनको लागि फोतगाउँ मतदान केन्द्रमा खटिएका जिल्ला अदालतका सहायक कर्मचारी (डिठ्ठा) गोर्खबहादुर थापा, साल्ट ट्रेडिङ कर्पोरेशनका कार्यालय सहयोगी धनबहादुर महतरा तथा तीन निर्वाचन प्रहरी कृष्ण झाक्री, आत्मराम बोहोरा र इन्द्रमान धरला बीरामी परेका हुन्।

बिरामी परेका उनीहरूमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने तथा श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । निर्वाचन प्रहरी त्रिपुरासुन्दरी ५ का ल्हा घर भएका झाक्रीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अक्सिजनसमेत दिइएको जनाइएको छ ।

उक्त मतदान केन्द्र जिल्ला सदरमुकाम दुनैबाट पैदल करिब ६ दिनको दूरीमा पर्ने अत्यन्त दुर्गम स्थानमा रहेकाले तत्काल स्वास्थ्य सेवा पुर्‍याउन कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिरामी परेका उनीहरुलाई  उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर सम्बन्धित मतदान केन्द्र पठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?