News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको एकमात्र निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका सानबहादुर राई ५ हजार ३०० मतसहित अग्रतामा रहेका छन्।
२३ फागुन, धनकुटा । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा मतगणना जारी हुँदा श्रम संस्कृति पार्टीका सानबहादुर राई झिनो अग्रतामा रहेका छन् ।
हालसम्मको मतपरिणाम अनुसार राईले ५ हजार ३०० मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका राजेन्द्रकुमार राईले ५ हजार १६३ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका दिनेश राईले २ हजार ८ सय १७ मत ल्याएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ९ सय ५८ मत प्राप्त गरेका छन् ।
धनकुटामा हालसम्म १६ हजार ४०१ मतगणना भएकोमा १५ हजार १८९ मत सदर भएका छन् । १ हजार २१२ मत बदर भएको छ ।
७ वटा स्थानीय तह रहेको धनकुटामा साँगुरीगढी गाउँपालिका र चौबिसे गाउँपालिकाको मत गणना भइसकेको छ भने छथर जोरपाटी गाउँपालिकाको मतगणना जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4