News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
- हिमाल अर्याल, मोहन रोका र नवराज कार्की क्रमशः सटपुट, ज्याभ्लिन थ्रो र ४०० मिटर दौडमा सहभागी हुनेछन् ।
- ३ खेलाडीसहित चार सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गरेको छ ।
२४ फागुन, काठमाडौं । भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मार्च ८ देखि १३ तारिखसम्म हुने विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट तीन पुरुष खेलाडीले चुनौती पेश गर्नेछन् । सटपुटमा हिमाल अर्याल, ज्याभ्लिन थ्रोमा मोहन रोका र ४०० मिटर दौडमा नवराज कार्कीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा सहभागि हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । टोली प्रमुखमा राष्ट्रिय पारा एथलेटिक्स संघ नेपालका सचिव साङबु भोटे रहेका छन् ।
टोलीलाई राष्ट्रिय पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले आइतबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित बिदाइ गरे ।
नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममामा हुने प्रतियोगितामा मार्च १० सम्म क्लासिफिकेसन डे रहनेछ भने मार्च ११ देखि १३ सम्म मुख्य प्रतिस्पर्धाहरु हुनेछ ।

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स सिरिज अन्तर्गत यो प्रतियोगिता हुँदैछ । यस वर्षको पहिलो ग्रान्ड प्रिक्स फेब्रुअरी १०-१३ मा युएईको दुबईमा सम्पन्न भएको थियो । ग्रान्ड प्रिक्स सिरिज अन्तर्गत सन् २०२६ मा कूल ९ प्रतियोगिता हुनेछ ।
प्रतिक्रिया 4