+

राष्ट्रिय लिगमा एपीएफ क्लबको अर्को बराबरी

२०८२ फागुन  २५ गते १८:०५ २०८२ फागुन २५ गते १८:०५
राष्ट्रिय लिगमा एपीएफ क्लबको अर्को बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलमा शीर्ष स्थानको एपीएफ एफसीले प्लानिङ ब्वाइज युनाइटेडसँग १-१ को बराबरी खेलेको छ।
  • युवराज खड्काले २२औं मिनेटमा गोल गरेपछि एपीएफले अग्रता लिएको थियो भने एलेक्स विलियनले ६२औं मिनेटमा बराबरी गोल फर्काए।
  • एपीएफले ९ खेलबाट २१ अंक जोडेको छ भने प्लानिङले १९ अंक जोडेको छ र प्लानिङ दोस्रो स्थानमा छ।

२५ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा शीर्ष स्थानको टोली एपीएफ एफसीले अर्को बराबरी खेलेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपीएफ प्लानिङ ब्वाइज युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको हो ।

युवराज खड्काले २२औं मिनेटमा गोल गर्दै एपीएफलाई पहिले अग्रता दिलाएका थिए । तर प्लानिङका लागि एलेक्स विलियनले ६२औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

लिगमा एपीएफको लगातार दोस्रो र प्लानिङको लगातार तेस्रो बराबरी हो । बराबरीले दुवैलाई घाटा पुगेको छ । अपराजित एपीएफले ९ खेलबाट २१ अंक जोडेको छ ।

समान खेलबाट प्लानिङले १९ अंक जोडेको छ । प्लानिङसँगै अर्को अपराजित लालिगुराँस र मछिन्द्र एफसीको पनि समान १९ अंक नै छ । गोलअन्तरमा प्लानिङ दोस्रो स्थानमा छ ।

सोमबार भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबले श्री भगवती क्लबलाई २-० ले पराजित गरेको थियो ।

राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय