+
+
Shares

९८ प्रकारका अत्यावश्यक औषधि नेपालमै उत्पादन गर्न उद्योगीलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधि पूर्णरूपमा स्वदेशमै उत्पादन गर्न औषधि उद्योगीहरूलाई आग्रह गरेको छ।
  • नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले स्वदेशी उद्योगहरूले सामाजिक उत्तरदायित्वका रूपमा गुणस्तरीय औषधि उत्पादन र आपूर्तिमा सहजीकरण गर्नुपर्ने बताए।
  • मन्त्रालयले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर खरिद गर्ने र गुणस्तरमा सम्झौता नगर्ने स्पष्ट पारेको छ।

२६ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधिहरू पूर्णरूपमा स्वदेशमै उत्पादन गर्न नेपाली औषधि उद्योगीहरूलाई आग्रह गरेको छ ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले स्वदेशी उद्योगहरूले यसलाई आफ्नो ‘सामाजिक उत्तरदायित्व’ का रूपमा लिएर उत्पादन र आपूर्तिमा सहजीकरण गर्नुपर्ने बताएका हुन् ।

हाल नेपालको आन्तरिक उत्पादनले कुल मागको करिव ४० देखि ५० प्रतिशत मात्र धानिरहेको उनले बताए ।

मन्त्रालयले स्वदेशी उत्पादनलाई नै प्राथमिकतामा राखेर खरिद गर्न चाहेको स्पष्ट पार्दै डा. दासले मूल्य र गुणस्तरमा भने उद्योगीहरूले सम्झौता गर्न नहुने पनि बताए ।

‘हामीलाई सस्तो, गुणस्तरीय र पर्याप्त औषधि चाहिएको छ । पहिलो चरणमा सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधिहरू स्वदेशी उद्योगले नै उत्पादन गरिदिउन् भन्ने मन्त्रालयको चाहना छ,’ उनले भने, ‘यसले गर्दा स्थानीय गाउँ तहसम्म सर्वसलभ रूपमा औषधि पुग्न सकोस् हामीले अहिले ४०–४५ वटा औषधि मात्र आफैँ बनाउन सक्छौँ भनेर बस्ने होइन, क्षमता विस्तार नगरी बाहिरबाट आउने औषधिलाई प्रतिस्थापन गर्न सकिँदैन ।’

सामाजिक उत्तरदायित्व बहन गर्दै सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराएमा राज्यले उद्योगीहरूलाई पूर्ण रूपमा सहयोग गर्ने उनको भनाइ छ ।

नेपाली औषधि उद्योगहरूले उत्पादन गरेका औषधिको गुणस्तर राम्रो हुँदाहुँदै पनि बजारमा ‘गुणस्तरहीन’ भन्ने भ्रम फैलिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

डा. दासले यस्ता भ्रम र हल्लाहरूलाई चिर्न प्रभावकारी सञ्चार र एड्भोकेसीको आवश्यकता रहेको पनि बताए । उद्योगीहरूले आफ्ना उत्पादन गुणस्तरीय रहेको दाबी गर्ने र मन्त्रालयले पनि पूर्ण विश्वासका साथ स्वदेशी औषधि खरिद गर्ने तर बाहिर भने सरकारी निकायले किनेका औषधि गुणस्तरहीन छन् भन्ने हल्ला चल्ने गरेकोप्रति डा. दासले ध्यानाकर्षण गराए ।

दासले विपद्को समयमा प्रयोग हुने ‘रिस्क कम्युनिकेसन एण्ड कम्युनिटी इन्गेजमेन्ट’ मोडल जस्तै औषधिको गुणस्तरको विषयमा पनि जनतालाई सुसूचित गर्नुपर्ने पनि बताए ।

‘हामी गुणस्तरीय औषधि उत्पादन गर्छौँ भन्छौँ, आपूर्ति महाशाखाले किन्छ पनि, तर बाहिर गुणस्तरहीन औषधि किनियो भन्ने कुरा आउँछ । यस्तो किन भइरहेको छ ?,’ उनले प्रश्न गर्दै भने, ‘पक्कै पनि हाम्रो सञ्चार र एड्भोकेसी पुगेन । रुमरलाई न्युनिकरण गर्न सञ्चारलाई बलियो बनाउनैपर्छ । यसले गर्दा स्वदेशी उत्पादनप्रति जनताको विश्वास बढ्छ र उद्योगलाई पनि फाइदा हुन्छ ।’

मन्त्रालयले नेपाली औषधि उद्योगहरूलाई बजारको कुनै अभाव नरहेको भन्दै उत्पादन बढाउन आग्रह गरेको छ ।

हाल नेपालमा सञ्चालित ‘स्वास्थ्य बीमा कार्यक्रम’ नै औषधिको सबैभन्दा ठूलो खपतकर्ता भएको भन्दै उत्पादित औषधि सजिलै खपत हुने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?