News Summary
Generated by OK AI. Editorially reviewed.- युनाइटेड अरब इमिरेटको रुवाइस औद्योगिक कम्प्लेक्समा ड्रोन आक्रमणपछि आगलागी भएको छ।
- इरानी ड्रोन आक्रमणपछि लागेको आगो नियन्त्रण गर्न अबुधाबीका अधिकारीहरू खटिएका छन्।
- परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार, यूएईमा ७ लाख नेपाली रहेका छन्।
२६ फागुन, काठमाडौं । युनाइटेड अरब इमिरेटको रुवाइस औद्योगिक कम्प्लेक्सको एक केन्द्रमा ड्रोन आक्रमणका कारण आगलागी भएको छ ।
इरानी ड्रोन आक्रमणपछि लागेको आगो नियन्त्रण गर्न अबुधाबीका अधिकारीहरू खटिएका इमिरेट मिडिया कार्यालयले जनाएको छ ।
कार्यालयले एक्समा गरेको एक पोस्टमा हालसम्म कोही पनि घाइते भएको खबर नभएको जनाएको छ।
एक्स सन्देशमा भनिएको छ, ‘रुवाइस औद्योगिक कम्प्लेक्सको एक केन्द्रमा ड्रोन आक्रमणका कारण लागेको आगो नियन्त्रणमा अबुधाबीका अधिकारीहरू खटिरहेका छन्। हालसम्म कुनै मानवीय क्षतिको (घाइते भएको) खबर छैन।’
सर्वसाधारणलाई आधिकारिक स्रोतबाट मात्र जानकारी लिन र हल्ला वा अपुष्ट जानकारी नफैलाउन आग्रह गरिएको छ।
परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार, यूएईमा ७ लाख नेपाली रहेका छन् ।
प्रतिक्रिया 4