+
+
Shares

रास्वपाको समानुपातिक छनोटप्रति कोशी सभापति असन्तुष्ट  

समानुपातिक सांसदको छनोट गर्दा भूगोल र क्लस्टर नमिलाइएको भन्दै कार्यवाहक सभापति सरिनले सोमबार सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन् ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १४:३८

२ चैत, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसद सिफारिसको विषयमा कोशी प्रदेशकी कार्यवाहक सभापति गोमा तामाङ ‘सरिन’ले असन्तुष्टि व्यक्त गरेका छन् । रास्वपाले आइतबार समानुपातिक तर्फ ५७ जनाको नाम सिफारिस गरेको थियो ।

समानुपातिक सांसदको छनोट गर्दा भूगोल र क्लस्टर नमिलाइएको भन्दै कार्यवाहक सभापति सरिनले सोमबार सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘मैले कोशीको हकमा पहाडी भूगोल समेट्नुपर्छ, छुट्नुहुन्न भनेको थिएँ, छनौटको समयमा,’ सरिनले लेखेका छन् । ‘जान्नेलाई छान्ने लहडमा पर्नुपर्ने नाम’ भन्दै उनले ओखलढुङ्गाकी शोभा कार्की, खोटाङकी स्थापित गायिका सत्यकला राई र ताप्लेजुङकी मिरा लाबुङजस्ता ‘योग्य’ उम्मेदवारलाई सूचीमा नसमेटिएको भन्दै उनले प्रश्न उठाएका छन् ।

‘कोशीको भौगोलिकता र जातीय क्लस्टरलाई समेट्न नसक्दा अबका दिनहरूमा सङ्गठनमा धेरै असर नपर्ला भन्न सकिन्न,’ सरिनले लेखेका छन्, ‘अर्को कुरा समुदायको व्यक्ति विशेषहरू केन्द्रीय नेताज्यूहरूको वरपर नजिक भएर पनि यी कुरामा ध्यानाकर्षण गराउन नसक्नु विडम्बना दु:खद् छ ।’

कार्यवाहक सभापति सरिन आफै भने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवार रहेर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित भएका थिए ।

रास्वपाका तत्कालीन प्रदेश सभापति राजेश तिम्सिनामाथि अनुशासनको कारबाही भएपछि सरिनले नै रास्वपाको प्रदेश नेतृत्व सम्हाल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?