News Summary
Generated by OK AI. Editorially reviewed.- काजल श्रेष्ठ ओसियाना तेक्वान्दो च्याम्पियनसिपमा सर्वोत्कृष्ट महिला रेफ्री घोषित भएकी छन् ।
- काजल श्रेष्ठले यो उपलब्धि आफ्नो लागि अझ विशेष र अर्थपूर्ण रहेको बताइन् ।
- काजलले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेकी थिइन् ।
१७ चैत, काठमाडौं । तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ अष्ट्रेलियाको सिड्नीमा भएको ओसियाना तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा सर्वोत्कृष्ट महिला रेफ्री घोषित भएकी छन् ।
काजलले यो उपलब्धि प्राप्त गर्नु आफ्नो लागि अझ विशेष र अर्थपूर्ण रहेको बताइन् ।
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
प्रतिक्रिया 4