+

फिफा विश्वकप खेल्ने सबै ४८ टोलीको लाग्यो टुंगो

२०८२ चैत  १८ गते १२:५५ २०८२ चैत १८ गते १२:५५
फिफा विश्वकप खेल्ने सबै ४८ टोलीको लाग्यो टुंगो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ खेल्ने सबै ४८ टोलीको टुंगो लागेको छ ।
  • विश्वकप जुन ११ देखि जुलाई १९ सम्म १६ सहरमा १०४ खेलहरू हुनेछन् ।
  • युरोपबाट इटली छनोट हुन नसक्दा बोस्निया-हर्जगोभिना, स्वीडेन, टर्की र चेक रिपब्लिक छनोट भएका छन् ।

१८ चैत, काठमाडौं । आगामी जुन-जुलाईमा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने फिफा विश्वकप २०२६ खेल्ने सबै ४८ टोलीको टुंगो लागेको छ ।

यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो र फरक ढाँचामा आयोजना हुँदैछ। पहिलोपटक ४८ टोलीहरू सहभागी हुन लागेका हुन् ।

छनोट यात्रा सेप्टेम्बर २०२३ बाट सुरु भएको थियो र करिब डेढ वर्षसम्म चलेको थियो। विश्वका ६ वटा फुटबल महासंघबाट टोलीहरू छनोट भए।

अन्तिम चरणमा अन्तरमहादेशीय प्लेअफबाट डीआर कंगो र इराकले विश्वकपमा स्थान बनाएका हुन्।

युरोपबाट भने ठूलो उलटफेर देखियो, जहाँ चार पटकको च्याम्पियन इटली फेरि छनोट हुन असफल रहँदा बोस्निया-हर्जगोभिना, स्वीडेन, टर्की र चेक रिपब्लिक छनोट भए।

एसियाबाट हालसम्मकै धेरै आठ टोली छनोट भएका छन् । अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान छनोट भएका छन्।

उत्तर तथा मध्य अमेरिकाबाट कुरासाओ, हैटी र पनामा छनोट भएका छन् भने ओसियानियाबाट न्युजिल्यान्ड मात्र सहभागी हुनेछ।

दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडोर, पाराग्वे र उरुग्वेले स्थान बनाएका छन्।

अफ्रिकाबाट यसअघि नै अल्जेरिया, केप भर्डे, इजिप्ट, घाना, आइभोरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसिया छनोट भएका छन्। अफ्रिकाबाट पनि हालसम्मकै धेरै १० टोली सहभागी हुनेछन् ।

युरोपबाट अष्ट्रिया, बेल्जियम, क्रोएसिया, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्कटल्यान्ड, स्पेन, स्वीट्जरल्यान्ड यसअघि नै छनोट भइसकेका थिए ।

प्रतियोगिता

यसपटकको फिफा विश्वकप तीन देश- अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुनेछ।

प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म, कुल ३९ दिन चल्नेछ, जुन अहिलेसम्मकै सबैभन्दा लामो विश्वकप हुनेछ।

यसपटक १२ समूह बनाइएको छ र प्रत्येक समूहमा ४ टोली रहनेछन्। प्रत्येक समूहबाट शीर्ष २ टोली सिधै राउन्ड अफ ३२ चरणमा अघि बढ्नेछन् ।

साथै तेस्रो हुने उत्कृष्ट ८ टोली पनि नकआउट चरणमा पुग्नेछन् । यसरी कुल ३२ टोली नकआउट चरण (राउन्ड अफ ३२) मा पुग्नेछन्।

त्यसपछि अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनल खेलिनेछ।

यो संस्करणमा कुल १०४ खेल हुनेछन् । खेलहरू अमेरिकाका ११ शहर, मेक्सिकोका तीन र क्यानडाका दुई गरी १६ सहरमा खेलाइनेछन् ।

उद्घाटन खेल मेक्सिको सिटीको प्रसिद्ध अज्टेका रंगशालामा हुनेछ। फाइनल खेल न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुनेछ, जहाँ नयाँ विश्व च्याम्पियन घोषणा गरिनेछ।

तीन देश र फरक समय क्षेत्र भएकाले खेलहरू १३ फरक समय तालिकामा हुनेछन्। युरोपका दर्शकका लागि केही खेल मध्यरात वा बिहान हुनेछन् ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय